जिम्बावे र मोजाम्बिकमा आएको शक्तिशाली आँधीका कारण १ सय ५० को मृत्यु

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ४, २०७५

    - जिम्बावे र मोजाम्बिकमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ । इडाई नामक आँधीका कारण जिम्बावेमा कम्तिमा ८० र मोजाम्बिकमा ६८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

    कयौको अवस्था अज्ञात छ । १ सय ७७ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीसँगैको बर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेको छ । जिम्बावेको मलावी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । रुख तथा भवनहरु भत्किदा मोजाम्बिकमा मात्रै १ हजार ५ सय बढी घाइते भएका छन् । 

    आँधी प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ । त्यहाँ पुल लगायत अन्य भौतिक संरचनाहरु समेत बाढीले बगाएको छ ।  उद्धारकर्ताहरुले प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी राखेको बीबीसीले उल्लेख गरेको छ ।   

    जिम्बावेका १ करोड ५० लाख मानिस चरम खाद्यन्न अभावबाट गुज्रिरहेका छन् । ५३  लाख मानिसका लागि खाद्यन्न आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्लो आँधीका  कारण त्यहाँका मानिसहरु अझै बढी खाद्य जोखिममा पर्ने राष्ट्रसंघले जनाएको छ । 

     

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्