वुमन्स टी–ट्वान्टी क्रिकेटको पुरस्कार राशी '१० लाख रुपैयाँ'

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ४, २०७५

    - आगामी वैशाख पहिलो साता हुने नेपालको पहिलो महिला  फ्रेन्चाइज क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वान्टी त्रिकेट लिगको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । आयोजक एनसीएल स्पोर्टस प्रालीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले १० लाख पाउने जानकारी गराएको हो ।

    यस्तै उपविजेताले ५ लाख पाउने प्रालीका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुने पहिलो संस्करणको प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र  धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

    यस्तै चार टोलीको मार्की खेलाडी समेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षेत्री, विराटनगरका करुणा भण्डारी, धनगढीका सिता राना मगर र काठमाडौंको नेरी थापा छिन् । प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजकले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ ।

    पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा राखिएको छ । क्षेत्रीय एवम् जिल्लास्तरीय र क्लव स्तरका खेलाडीलाई तेस्रो अथवा सी श्रेणीमा समावेश गरिएको छ । चैत १ गतेबाट हुने भनिएपनि यसै साता सुदुरपश्चिममा भएको मुख्यमन्त्री कप र प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुदका कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ  ।

     

    प्रकाशित:चैत्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्