आँधीले १ सय ८० जनाको मृत्यु

- रेडियो कान्तिपुर, एजेन्सी

    चैत्र ५, २०७५

    ईडाई नामक शक्तिशाली आँधीका कारण दक्षिण अफ्रिकी मुलुकमा जनजीवन अस्तव्यस्त बनेको छ । आँधीले जिम्बावेमा ९८ र मोजाम्बिकमा ८४ जनाको मृत्यु भएको उद्धारकर्ताले जनाएका छन् । २ सय १७ भन्दा बढी बेपत्ता छन् ।

    भौतिक संरचनामा नराम्ररी क्षति पुगेको छ भने दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ । ठाउँठाउँमा रुख लड्दा सडकहरु अवरुद्ध छन् भने भवनहरु समेत भत्किएका छन् । विद्युत र सञ्चार सेवा समेत अवरुद्ध छन् । आँधीले जिम्बावेको मलावी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।

    १ सय ७७ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीसँगैको बर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ । बाढीले पुल लगायतका भौतिक संरचना बगाएको छ भने पहिरोले केही वस्ती समेत पुरेको बीबीसीले उल्लेख गरेको छ । 

    आँधीले मोजाम्बिकमा मात्रै १ हजार ५ सय बढी घाईते भएका छन् । प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि मोजाम्बिकका राष्ट्रपति फिलिपे यूसीले स्थिति भयावह रहेको प्रतिकृया दिनुभयो । 

    यसैबीच, आँधी प्रभावित क्षेत्रमा बेलायतले करीब ६० लाख पाउण्ड बराबरको खाद्य सामग्री सहयोगको घोषणा गरेको छ । 

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्