पेरिस, हङकङ र सिंगापुर विश्वका सवैभन्दा महङ्गा शहर

एजेन्सी

    चैत्र ५, २०७५

    पेरिस, हङकङ र सिंगापुर विश्वका सर्वाधिक महङ्गो शहर बनेका छन् । विश्वका १ सय ३३ वटा शहरमा ईकोनमिस्ट ईन्टेलिजेन्ट यूनिट सर्भेले गरेको अध्ययनपछि पहिलो पटक फ्रान्सको पेरिस, चीनको हङकङ र सिंगापुरको सिंगापुरलाई महङ्गो शहरको सूचीमा शीर्ष स्थानमा रखेको हो ।

    गतबर्ष सूचीमा पेरिस दोस्रो नम्बरमा थियो । सर्भेले खाना, बस्न तथा विभिन्न क्रियाकलापका लागि लाग्ने रकमको लेखाजोखा गरी १० महङ्गा शहरको सूची सार्वजनिक गरेको हो । 

    त्यस्तै स्वीट्जरल्याण्डको जुरिच र जेनेभा, जापानको ओसाका, दक्षिण कोरियाको सोल, डेनमार्कको कोपनहेगेन र अमेरिकाको न्यूयोर्क पनि महंगा शहरको सूचीमा परेका छन् । इजरेलको तेल अभिभ र अमेरिकाको लस एन्जेलसलाई पनि यूनिट सर्भेले महङ्गो १० शहरको सूचीमा राखेको छ । 

    त्यस्तै, सर्भेका अनुसार विश्वका सर्वाधिक सस्ता शहरको सूचीमा भेनेजुएलाको काराकस पहिलो नम्बरमा छ । सिरियाको दमासकस दोस्रो र उज्वेकिस्तानको टासकेन्ट तेस्रो नम्बरमा परेका छन् ।

    कजाकस्तानको अलमाटी, पाकिस्तानको कराँची, नाईजेरियाको लागोस, अर्जेन्टिनाको बोएनोस एरिस तथा भारतको बैंगलोर, चेन्नई र नयाँ दिल्ली पनि सस्तो शहरको सूचीमा परेका छन् । 

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्