कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिदै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ५, २०७५

    – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । लामो समयको विवाद चिर्दै सहमतिका आधारमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको कांग्रेसले आज त्यसलाई पूर्णता दिने र निर्वाचन समिति गठन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले हिजो भिष्मराज आङ्देम्बेको संयोजकत्वमा अनुशासन समिति गठनको निर्णय गरेको थियो ।

    सभापति शेरबहादुर देउवाले देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई समिति सदस्य तोकेपनि बरिष्ठ नेता रामचन्द्र पौडेलले २ जना सदस्यको नाम दिन बांकी छ । उहाँले ती २ सदस्यको नाम दिएपछि समितिले पूर्णता पाउने प्रवक्ता शर्माको भनाई छ । नेताहरुबीच अनुशासन समितिले कुनै कारवाही सिफारिस वा निर्णय गर्दा सर्वसम्मत हुनु पर्ने सहमति समेत गरेका छन् । 

    ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा दिउँसो २ बजेपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन समिति गठन गर्नेछ । केन्द्रिय सदस्य बाहेकका नेताको संयोजकत्वमा गठन हुने सो समितिको संयोजकमा राधेश्याम अधिकारी सर्वसम्मत चयन हुने सम्भावना छ ।  

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्