माईभ्याली गोल्डकपको उपाधिका लागी शेर्पा र दाउफिन्स भिड्दै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ५, २०७५

    – ईलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको उपाधिका लागि आज हिमालयन शेर्पा र क्यामरुनी दाउफिन्स प्रतिस्पर्धा गर्नेछन् । दुबै टोली माईभ्याली गोल्डकपको उपाधि पहिलो पटक जित्ने योजनामा एक अर्काबिरुद्ध मैदान उत्रनेछन् । उपाधि भिडन्त ईलाम सदरमुकामस्थित ठुलो टुडीखेलको मैदानमा दिउ“सो ३ बजेपछि सुरु हुनेछ । 

    सेमिफाइनलमा शेर्पाले झापाको मेची नेत्रालय र दाउफिन्सले बिभागीय नेपाल पुलिसलाई हराउदै उपाधि यात्रा तय गरेका हुन् । शेर्पाका कप्तान मान बहादुर तामाङले उपाधि जित्ने लक्ष्यमा आफ्नो टोली रहेकाले फाइनलमा उत्कृष्ट खेल खेल्ने दाबी गरे । 

    दाउफिन्सका कप्तान जो अगोउलाले आफ्नो टोली फाइनल जित्न आतुर रहेको भन्दै फाइनल खेल रोमाञ्चक बन्ने बताए । शेर्पा जारी सिजनको पहिलो उपाधि जितने योजनामा रहदा, दाउफिन्स भने नेपाल भ्रमणको चौथो उपाधि हात पार्ने योजनामा रहेको छ । गोल्डकपको उपाधि बिजेताले ७ लाख तथा उपबिजेता टोलीले ४ लाख रुपैया हात पार्नेछन् ।  

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्