चैत ८ देखि काठमाण्डौंमा तीन दिने पुष्पमेला हुने

काठमाडौं

    चैत्र ५, २०७५

    काठमाण्डौंको भृकुटीमण्डपमा यही चैत ८ देखि १० गतेसम्म २२ औं फ्लोरा एक्स्पो हुने भएको छ । स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय भन्ने नारा सहित आयोजना हुने एएक्स्पोमा ८४ वटा स्टल राखिने आयोजकले जनाएको छ । देशमा उत्पादित पुष्प तथा पुष्पजन्य बस्तुहरुको पवद्र्धन, विस्तार, नयाँप्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउने उद्देश्य सहित सो मेलाको  आयोजना गरिएको आयोजकले जनाएको छ ।

    मेलाको संघीय सरकार कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरी र प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

    तीन दिने मेलामा करिव ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा ६० लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्