इमर्जेन्सीमा ‘इमेज भ्यू सफ्टवेयर सिस्टम’ 

- प्रदिप मेन्याङबो, सुनसरी

    चैत्र ५, २०७५

    - सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आधुनिक प्रविधि इमेज भ्यू सफ्टवेयर सिस्टमको सुरुवात गरेको छ । त्यससँगै एक्सरेको रिपोर्टका लागि घण्टौँ लाम लाग्ने र दौडधुप गर्नु पर्ने बाध्यता हटेको छ ।

    सो प्रविधि सुरु भएसँगै प्रतिष्ठानको रेडियोलोजी विभागस्थित प्राविधिक कक्षमा एक्सरे गरेको तस्वीर सहितको रिपोर्ट तत्काल इमर्जेन्सी कक्षमा राखिएको हाइ रिजोल्युसन कम्प्युटरको स्क्रीनमा चिकित्सकले सिधै हेर्न सक्ने विषेशज्ञ डा ज्ञानेन्द्र मल्लले बताउनुभयो ।

    विरामीको एक्सरे रिपोर्ट तत्काल कम्प्युटर स्क्रिनमा उपलव्ध हुने भएकाले विरामीलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्न सकिने उहाँको भनाई छ । 

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्