अमेरिकामा जातीय विभेदविरुद्ध प्रवासी अभियान 

- रेडियो कान्तिपुर,

    चैत्र ५, २०७५

    - अमेरिकाको राजधानी वासिङटन डिसीमा जातीय विभेद तथा सबै प्रकारका विभेदविरुद्ध प्रवासी अभियान शुरु भएको छ । अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस मार्च २१ को पूर्वसन्ध्यामा अमेरिकामा रहेका नेपाली तथा सरोकारवालाले सवैप्रकारका विभेदको उन्मुलनका लागि सामाजिक अभियान चलाउने प्रतिवद्धता जनाएका हुन् ।

     नासो कम्यूनिटी अमेरिका, एड्वान, आईसिडिआर र पिडिआरसी ईन्टरनेसनलको संयुक्त आयोजनामा भएको गोष्ठीमा बोल्ने सदस्यहरुले सवै प्रकारका विभेद अन्त्यका लागि साझा प्रतिवद्धता जनाएका थिए । अमेरिका भ्रमणमा रहेकी ‘राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीकी सभापति निरा देवि जैरु परियार ले जातिय विभेद मुलुकको विकास र समृद्धिका लागि सवैभन्दा ठूलो समस्या भएको बताउनुभयो ।

    दलित समुदायको समस्यालाई हेर्ने दृष्टिकोण र सामाजिक रूपान्तरणको तरिका फेर्नु जरूरी भएको भन्दै जैरुले भन्नुभयो ‘आरक्षण भनेको भिख हैन, सकारात्मक विभेद हो । त्यसलाई अझै सकारात्मक बनाएर लैजानु पर्छ’ ।

    दलित समुदायले प्राप्त गरेको राज्यको सुविधाहरू र उपलब्धीहरूलाई उपयोग गर्नु पर्ने उहाको भनाई छ । सामाजिक अभियान्ता डा. विष्णुमाया परियारले नेपाल र अमेरिका लगायत विदेशी भूमिमा रहेको नेपाली समुदायमा समेत कुनै न कुनै रुपमा जातीय विभेद र छुवाछूतको कु–संस्कार यथावत रहेको बताउनुभयो ।

    विभेदजन्य कार्यहरु आधुनिक समाजका लागि आधुनिक समाजका लागि लज्जास्पद र मानव जातिको कलंक भएको बताउनुभयो । जातीय विभेद जस्ता अमानवीय परम्पराको अन्त्यका लागि साझा प्रतिवद्धताको खाँचो रहेको बताउनुभयो । नासो कम्युनिटी अमेरिकाका अध्यक्ष गोपाल विश्वकर्माले दलित समुदायतका महिला र बालबालिका जातीय विभेदको पिडा र हिंसामा पर्ने गरेको बताउनुभयो । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्