डा केसीद्वारा राष्ट्रसंघीय मानव अधिकार ऊच्चायुक्तको ध्यानाकर्षण   

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ५, २०७५

    - संक्रमणकालिन न्याय प्रक्रियालाई हस्तक्षेप मुक्त गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापन पत्र बुझाउनुभएको छ । केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल लगायत चार जनाले ललितपूरको पुलचोकस्थित राष्ट्र संघीय कार्यलयमा ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा सत्य निरुपण र वेपत्ता आयोगलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अधिकार सम्पन्न, स्वतन्त्र र प्रभावकारी बनाउने गरी पुनःसंरचना गर्नुपर्ने उल्लेख छ ।

    यस्तै जघन्य वा गम्भीर अपराधका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्ति, राष्ट्रिय मानव अधिकार आयोग वा मानव अधिकारसम्बन्धी अन्य निकायले कारवाहीका लागि सिफारिस गरेका व्यक्ति, फौजदारी अनुसन्धानको दायरामा रहेका व्यक्ति तथा अपराधमा संलग्न भनी पीडितले प्रमाणसहित आरोप लगाइएका व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन समेत ज्ञापनपत्रमार्फत राष्ट्रसंघको ध्यानाकर्षण गराइएको छ । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्