गाँजासहित एक जना पक्राउ

- रेडियो कान्तिपुर, मकवानपुर

    चैत्र ५, २०७५

    - प्रहरीले लागूऔषध गाँजासहित मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ। राक्सिराङ गाउँपालिकाबाट १ सय ३ किलो गाँजासहित प्रहरीले स्थानीय पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको ग १ ज ७२१९ नम्बरको जीप पनि बरामद गरेको छ  ।

    जीपमार्फत मनहरीतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा प्लाष्टिकको ५ वटा बोरामा प्याक गरेको १३ वटा पोका फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्