माइभ्याली गोल्डकपको उपाधिको दाउफिन्सलाई 

- रेडियो कान्तिपुर, इलाम

    चैत्र ५, २०७५

    - इलाममा भएको पाँचौ संस्करणको माइभ्याली गोल्डकप फुटबलको उपाधि क्यामरुनी टोली दाउफिन्सले जितेको छ । हिमालयन शेर्पालाई २–० गोल अन्तरले हराउँदै दाउफिन्सले नेपाल भ्रमणका क्रममा चौथो उपाधि जितेको हो ।

    ईलाम सदरमुकामस्थित ठुलो टुँडीखेलको मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित हिमालय शेर्पाले सिजनको पहिलो उपाधि जित्नबाट चुकेको हो । दाउफिन्सलाई उपाधि दिलाउन यान्निक ओवाना र पेटेङले गोल गरे । उसले दुबै गोल पहिलो हाफमै गरेको थियो । आठौं मिनेटमा यान्निकको गोलबाट अग्रता बनाएको दाउफिन्सले १९ औँ मिनेटमा अर्को गोल थपेको थियो । 

    गोल्डकपको उपाधि विजेताले ७ लाख तथा उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पारेका छन् ।  दाउफिन्सले यसअघि पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि जितिसकेको छ । 

     

    प्रकाशित:चैत्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्