आईपीएल खेल्न सन्दिप दिल्ली उडे 

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ६, २०७५

    ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्न नेपाली लेगस्पिनर सन्दिप लामिछाने नयाँ दिल्ली गएका छन् । दिल्ली क्यापिटल्समा आबद्ध लामिछाने दोस्रो पटक आईपीएल खेल्न दिल्ली गएका हुन् । जेट एयरवेजको विमानबाट बिहान दिल्ली गएका उनलाई पुरानै क्लबले रिटेन गरेको हो । 

    अघिल्लो संस्करणमा अन्तिम ३ खेल मात्र खेल्ने मौका पाएका लामिछानेलाई क्लबले सुरुवातबाटै मैदान उतार्ने सम्भावना छ । यो बिचमा ठूला फ्रेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गरेका लामिछानेबाट टोली पनि निक्कै आशावादी देखिएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ सिजनको आईपीएलमा धमाका मच्चाउन सक्ने ८ खेलाडीको सूचीमा २ नम्बरमा राखेपछि नेपाली लेगस्पिनर लामिछानेको मनोबल पनि उच्च छ । उनी भोलिबाटै टोलीको क्याम्पमा सहभागी हुने छन् । दिल्लीले आईतबार मुम्बई ईण्डियन्ससँग खेल्दै यो पटकको आईपीएलको सुरुवात गर्नेछ । 

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्