परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्र संघको उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ६, २०७५

    परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आज संयुक्त राष्ट्र संघीय दोस्रो उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । अर्जेन्टिनाको ब्युनसआर्यसमा सम्मेलनको पहिलो दिन नै मन्त्री ज्ञवालीले सम्बोधन गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपाली समयअनुसार सम्बोधनको क्रम एक बजेबाट सुरु हुने र मन्त्री ज्ञवालीले ४९ औं वक्ताको रुपमा सम्बोधन गर्ने जानकारी दिनुभयो । 

    मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगको आवश्यक्ता र त्यसमा नेपालको अपेक्षा केन्द्रमा राखेर सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उहा“ले दक्षिण–दक्षिण सहयोग सम्बन्धी नेपालको राष्ट्रिय वक्तब्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवं दिगो विकासका चुनौतीका विषयलाई पनि मन्तब्यमा समावेश गर्नुहुनेछ । 

    त्यस्तै, अतिकम विकसित तथा भू–परिवेष्ठित विकासोन्मुख राष्ट्रले भोलि आयोजना गर्ने छलफललाई मन्त्री ज्ञवालीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ । ज्ञवाली नेतृत्वको नेपाली टोली ९ गते स्वदेश फर्कनेछ ।

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्