ब्रेक्जिटको समयसीमा लम्ब्याउन बेलायतको पहल

बीबीसी

    चैत्र ६, २०७५

    आन्तरिक सहमति जुट्न नसकेपछि बेलायतले ब्रेक्जिटको समयसीमा लम्ब्याउन पहल थालेको छ । मौजुदा कानून अनुसार बेलायतले १० दिन भित्र ईयू छाड्नु पर्नेछ । ब्रेक्जिट मस्यौदामा सहमतिको प्रयास असफल हुने देखेपछि बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको समयसीमा सार्ने विषयमा यूरोपेली यूनियन ईयूलाई औपचारिक पत्र पठाउनुहुने भएको हो ।

    ब्रेक्जिटको मस्यौदामा सांसदहरुको समर्थन जुटाउन गरेको प्रयास विफल हुने देखेपछि प्रधानमन्त्री मेले समयसीमा परिवर्तनको बाटो रोज्नु भएको बीबीसीले उल्लेख गरेको छ । बेलायती संसदबाट ब्रेक्जिट मस्यौदा पुनः असफल भएपछि ईयूले अर्को वार्ता नगर्ने बताउँदै आएको छ ।

    सांसदहरुसँगको तेस्रो चरणको वार्ता पनि असफल भए संसदबाट केही आवश्यक विद्येयक पारित गर्न समय लाग्ने भन्दै प्रधानमन्त्री मे ईयूलाई औपचारिक पत्र लेख्ने तयारीमा लाग्नु भएको हो । बेलायतले बे्रक्जिटको समय २ वर्षसम्म लम्ब्याउने प्रस्ताव गर्नसक्ने बेलायती मन्त्रालय स्रोतलाई उद्दृत गर्दै बीबीसीले लेखेको छ ।

    यद्यपि, यूरोपतर्फका मध्यस्तकर्ता माईकल बार्नियरले भने थप गरिएको समयभित्र बेलायतले के के गर्ने भन्ने ठोस योजना बिना समय लम्ब्याउने विषयमा ईयु सहमत नहुने बताउनुभएको छ । 

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्