हिमाली र पहाडी जिल्लामा धुमधामका साथ होली मनाईँदै 

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ६, २०७५

    हिमाली र पहाडी जिल्लाहरुमा रंगहरुको पर्व होली आज धुमधामका साथ मनाईंदैछ । तराईका जिल्लाहरुमा भने भोलि मनाउनेछ । फागुन पूर्णिमाका दिन खेलिने होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा पनि लिने गरिन्छ । एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै यो पर्व मनाउने गरिनछ ।

    त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्हादलाई होलीसँग जोडेर हेर्ने गरिएको छ । हिरण्डकश्यपुका छोरा प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनदेखि यो पर्व मनाउने धार्मिक विश्वास छ ।

    फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको थियो । सोही लिंगो आज राति ढालेर जलाएपछि होली पर्व समाप्त भएको मानिन्छ । 

    होलीमा हुने उत्छृङखल गतिविधिलाई ध्यानमा राखेर प्रहरीले काठमाडौं लगायत विभिन्न जिल्लामा निगरानी बढाएको छ । इच्छा विपरीत जबरजस्ती रंग दल्न खोज्ने, लोला तथा पिच्किरी हान्नेलार्ई कारबाही गर्ने प्रहरीले जनाएको छ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले होलीको शुभकामना दिंदै पर्वले सबै नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता एवं राष्ट्रिय एकता कायम राख्न सघाउ पुगोस् भन्ने कामना गर्नु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नु भएको छ । 

    होली पर्वको अवसरमा रेडियो कान्तिपुरले आज पोखरामा बिशेष कार्यक्रम गर्दैछ । बिहान साढे १० देखि १ बजेसम्म हुने कार्यक्रमको रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन् ।   

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्