कजाकस्तानका राष्ट्रपतिद्वारा पदबाट राजीनामा

बीबीसी

    चैत्र ६, २०७५

    कजाकस्तानका राष्ट्रपति नुरसुल्तान नजरवाईभले पदबाट राजीनामा दिनुभएको छ । सोभियत युनियनको पतनपछि सन् १९९० को दशकमा उदाएको कजाकस्तानको सत्ता सम्हालेका नजरवाईभले ३ दशकपछि राजीनामा दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

    एक टेलिभिजन अन्र्तवार्ताका क्रममा ७८ वर्षीय नजरवाईभले राजनीतिमा नयाँ नेताहरुलाई अवसर दिन आफूले पद छाडेको घोषणा गर्नुभयो । यद्यपि, उहाँले राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष पद भने नछाड्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

    मुलुकले लामो समयदेखि आर्थिक क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको स्वीकार्दै उहाँले नयाँ नेतृत्वलाई सो जिम्मेवारी समेत हस्तान्तरण गरेको बताउनुभयो ।  

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्