सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान राष्ट्र संघको आह्वान

बीबीसी

    चैत्र ६, २०७५

    इडाई नामक शक्तिशाली आँधीका कारण दक्षिण अफ्रिकी मुलुकहरुमा मानवीय संकट निम्तन सक्ने भन्दै संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठनले सहयताका लागि आग्रह गरेको छ । आँधीले लाखौं सर्वसाधारण प्रभावित बनेको भन्दै स्वास्थ्य संगठनले खाद्यन्न तथा मानवीय सहायताको आवश्यकता औल्याउँदै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

    दक्षिण अफ्रिकी मुलुकहरु मोजाम्बिक, मालावी र जिम्बोब्बेमा आँधीले लाखौं प्रभावित भएको राष्ट्र संघको प्रतिवेदनमा उल्लेख छ । १ सय ७७ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीसँगैको वर्षाका कारण मोजाम्बिकमा मात्र १७ लाख प्रभावित बनेको बताउँदै स्वास्थ्य संगठनले एक लाख भन्दा बढी नागरिकलाई तत्काल मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

    त्यस्तै, मलावीमा करीब ९ लाख २० हजार सर्वसाधारण प्रभावित छन् । जिम्बाब्बेमा ६ सय बढी घरहरु पूर्ण रुपमा ध्वस्त भएको र २० हजार घरधुरीमा आंशिक क्षति पुगेको राष्ट्र संघको प्रतिवदेनमा उल्लेख छ ।

    राष्ट्र संघीय मौसम विभागका अनुसार दक्षिणी गोलार्धमा अहिलेसम्मकै खराब मौसम देखिएको छ । आँधीले १ सय ८० बढीको मृत्यु भएको तथा २ सय बढीको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीलाई उद्दृत गर्दै बीबीसीले लेखेको छ ।   

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्