कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन चैतको अन्तिम साता

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ६, २०७५

    नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन चैतको अन्तिम साता पोखरामा हुने भएको छ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने छ ।

    सम्मेलन पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिने विषयमा केन्द्रित हुने राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिनुभयो । 

    सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु¥याउने पुडासैनीको भनाई छ ।

    कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने बताउनुभयो । 

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्