मुलुकलाई द्वन्द्वमा फसाउन सरकार आफै लागेको राजपाको निष्कर्ष

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ६, २०७५

    राजनीतिक मुद्दाको समाधान राजनीतिक स्तरबाटै खोल्न राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारसँग आग्रह गरेको छ । मुलुकलाई दीर्घकालिन द्वन्द्वमा फसाउन सरकार आफै लागि परेको राजपाको निष्कर्ष छ । गएराति अबेरसम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई राजनीतिक तवरले समस्या समाधान गर्न आग्रह गरेको हो ।

    राजपाले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता,  मोर्चा  र सहकार्यका लागि आह्वान समेत गरेको छ । 

    यस्तै संयोजक महेन्द्र यादवको नेतृत्वमा पार्टीले ५ सदस्यीय प्रदेश सरकार संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले राजपा नेपाल समेतको सहभागिताको प्रदेश २ सरकार र सरकारी निकायसँगको सहकार्यमा सहजता प्रदान गर्ने जनाइएको छ ।

    यस्तै, फागुन मसान्त सम्मका लागि तोकिएको सदस्यता वितरणको म्याद लम्ब्याएर पार्टीले चैत १५ गतेसम्म वितरण गर्ने जनाएको छ ।   

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्