चट्याङले लागेर सिन्धुलीमा तीन घाइते

- रेडियो कान्तिपुर, सिन्धुली

    चैत्र ६, २०७५

    सिन्धुलीको मरिण गाउँपालिका ३ चनौटेमा चट्याङ लागेर दुई बालक सहित तीन जना घाइते भएका छन् । हावाहुरीसँगै गएराति ११ बजे परेको चट्याङ लागेर १६ वर्षीया सम्झना लो, ९ वर्षका वाङ्जु मोक्तान र ६ वर्षका सुवास मोक्तान घाईते भएको प्रहरीले जनाएको छ ।

    टाउको र खुट्टामा चोट लागेका उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

     

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्