सरकारको जग नै कमजोर : प्रवक्ता विश्वप्रकाश शर्मा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र ६, २०७५

    सरकारको जग नै कमजोर :  प्रवक्ता विश्वप्रकाश शर्मा 

    The Headliners | Journalist Prakash Pathak | 19 March 2019

    नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कमजोर जग हालेर ठूला गफ लगाएको आरोप लगाउनुभएको छ । हरेक पक्ष सरकारलाई सहयोग गर्न तयार रहेपनि काम गर्ने ईच्छाशक्ति नै सरकारस“ग नभएको शर्माको भनाई छ । सहमतिको राजनीतिलाई लत्याउँदै हुने निर्णयले नेपालको राजनीतिमा दुरगामी प्रभाव पार्ने भन्दै उहाँले त्यसको असर स्वयं नेकपाले भोग्ने उल्लेख गर्नुभयो ।  

    बुधवारको द हेडलाईनर्समा कुरा गर्दै प्रवक्ता शर्माले कांग्रेसले सरकारको हिँडाई र कार्यशैलीलाई नजिकबाट नियालीरहेको बताउनुभयो । पार्टी आन्तरिक समस्या समाधानमा केन्द्रित रहेकाले पछिल्लो समय मौन रहेको भन्दै उहाँले अब गुण र दोषका आधारमा सरकारी कामकारबाहीको मूल्याङ्कन गर्ने उल्लेख गर्नुभयो ।

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्