नेपाल साफ वुमन्स च्याम्पियनसिपको उपाधि नजिक

- रेडियो कान्तिपुर, विराटनगर
  • सेमिफाइनलमा श्रीलंका ४-० ले पराजित 

चैत्र ६, २०७५

नेपाल, विराटनगरमा जारी पाँचौ साफ वुमन्स च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकालाई ४-० ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । 

पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल गर्दै सहज जित हात पारेको हो । ४२ औं मिनेटमा पुजनम जर्घामगरको गोलबाट अग्रता बनाएको नेपालका लागि साबित्रा भण्डारी, रेखा पौडेल र अनिता बस्नेतले एक एक गोल गरे ।

अनिताले ७३ औ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिईन् । ८३ औ मिनेटमा साबित्राले तथा ८६ औ मिनेटमा रेखाले गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । 

खेलमा अधिकांश समय श्रीलंकामाथी नेपालले दबाव बनाएको थियो । 

 

प्रकाशित:चैत्र ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्