बीपी प्रतिष्ठानमा दुई उपकुलपति  

- प्रदिप मेन्याङबो, सुनसरी

    चैत्र ६, २०७५

    - सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइजना उपकुलपति नियुक्त भएका छन् । दुई मध्ये सरकारले प्रतिष्ठानको आर्थिक, प्रशासनिक कामकाज गर्ने अधिकारसहित निमित्त उपकुलपति बनाएर पठाएका रेक्टर डा.गुरु खनाल रहेका छन् भने अर्का सर्वोच्च अदालतले नियुक्त गरेका प्रा डा राजकुमार रौनियार हुन् । 

    रेक्टर खनालले चैत ४ गते सरकारले प्रतिष्ठानको निमित्त उपकुलपति बनाएपछि गत मंगलबारदेखि कार्यभार सम्हाल्नुभएको थियो । उता गत फागुन १७ को प्रतिष्ठानको संचालक परिषद सिनेटले बर्खास्तीको सिफारिसको आधारमा सरकारले २६ गते उपकुलपतिबाट हटाएका डा रौनियारले भने सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि आजदेखि प्रतिष्ठानमा पुनः पदवहाली गर्नुभएको छ ।

    निमित्त उपकुलपति डा. खनालले सरकारले आफुलाई प्रतिष्ठानको जिम्मेवारी दिएर पठाएपनि डा. रौनियारले सर्वोच्च अदालतबाट स्टे अर्डर लिएर आएकोबारे पत्र आज मात्र पाएकाले त्यसबारेमा कानुनी परामर्श गर्ने बताउनुभयो । गत फागुन २६ गते पदबाट हटाए लगतै रौनियारले त्यसविरुद्ध चैत ३ गते अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । 

     

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्