राजपाको अध्यक्ष मण्डलको संयोजकमा सरदसिंह भण्डारी

- रेडियो कान्तिपुर,

    चैत्र ६, २०७५

    - राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको संयोजकमा सरदसिंह भण्डारी चयन हुनुभएको छ । चक्रीय प्रणाली अनुसार भण्डारी आजदेखि अध्यक्ष मण्डलको संयोजक बन्नुभएको हो । तराई मधेश केन्द्रित विभिन्न ६ दल मिलेर बनेको राजपामा चक्रीय प्रणाली  अनुसार यसअघी महन्त ठाकूर, राजेन्द्र महतो, महेन्द्रराय यादवले नेतृत्व सम्हाल्नुभएको थियो  ।

    २०७४ वैशाख ७ गते पार्टी एकीकरण भएपछि सवैभन्दा बढी १८ महिना ठाकूरले जिम्मेवारी सम्हाल्नुभएको थियो । आजदेखि नेतृत्व समालेका संयोजक भण्डारीले नै आगामी महाधिवेशन गर्ने राजपा नेता केशव झाले जानकारी दिनुभयो । राजापाले आगामी वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।

    यसैबीच राजनीतिक मुद्दाको समाधान राजनीतिक स्तरबाटै खोज्न राजपाले सरकारसँग आग्रह गरेको छ । मुलुकलाई दीर्घकालिन द्वन्द्वमा फसाउन सरकार आफै लागि परेको राजपाको आरोप छ । गएराती अबेरसम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकले राजनीतिक मुद्दा बोकेर संघर्षरत दल तथा समुहसँग फरक व्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । संविधान संशोधनसहितका आफ्ना माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन एक वर्षपछि फिर्ता लिएको थियो । 

     

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्