रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइयो

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ६, २०७५

    - रङहरुको पर्व होली काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा आज आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ ।

    होलीको अवसरमा काठमाडौं लगायत मुख्य शहरहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएका थिए । पहाडी जिल्लामा आज मनाइने होली तराईका जिल्लामा भने भोलि मनाइँदैछ । काठमाण्डौको बसन्तपुरमा एक साताअघि विधिपूर्वक चिर ठड्याएपछि होली पर्व शुरुवात भएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गरिएको छ ।

    यसैबीच रेडियो कान्तिपुरले होलीको अवसरमा आज पोखरामा विशेष कार्यक्रम गरेको थियो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्