भाजपाविरुद्ध मायावतीको ऐतिहासिक घोषणा, आगामी निर्वाचनमा उम्मेदवारी नदिने

- रेडियो कान्तिपुर,

    चैत्र ६, २०७५

    - भारतकी चर्चित नेत्री मायावतीले आगामी अप्रिलमा हुने आम निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । सत्तारुढ भाजपा विरुद्ध बनाइएको गठबन्धनलाई मजबुत बनाउन आफुले उम्मेदवारी घोषणा नगर्ने मायावतीको भनाई छ । उत्तर प्रदेशमा चार पटक मुख्य मन्त्रीको जिम्मेवारी सम्हालेकी दलित समुदायकी अगुवा मानिने मायावतीलाई आगामी प्रधानमन्त्रीको मुख्य दाबेदार मानिएको थियो। 

    भारतको संसदमा सबैभन्दा बढी सदस्य रहेको उत्तर प्रदेशको पार्टी बहुजन समाज पार्टीले केन्द्र सरकार गठनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । अप्रिल ११ बाट सुरु हुने निर्वाचनको नतिजा मे २३ मा आउनेछ । उत्तर प्रदेशको अर्को ठुलो पार्टी समाजवादी सँग गठबन्धन गरेकी मायावती भारतमा सबैभन्दा कान्छो उमेरमा मुख्यमन्त्रीको पद सम्हाल्ने नेत्री हुनुहुन्छ । सन् १९९५ मा ३९ वर्षको उमेरमा मायावतीले उत्तर प्रदेशको मुख्यमन्त्रीको पद सम्हाल्नुभएको थियो । 

     

    प्रकाशित:चैत्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्