मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र कुवेत भिड्दै 

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ७, २०७५

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको कुवेत सिटीस्थित अल सबाब स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे खेल सुरु हुनेछ । जोहान कालिन राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाली टोली स्पष्ट जितको योजनामा छ ।

    खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कालिनले नेपाली टोली जितकै योजनामा मैदान उत्रने बताए । आफूहरुका लागि यो भ्रमण महत्वपूर्ण रहेकाले पहिलो पाईलामै सफलता हात पार्ने लक्ष्यमा रहेको उनको भनाई थियो । फिफा वरियतामा ३ स्थान माथि रहेको कुवेत पनि घरेलु मैदानमा नेपालविरुद्ध जितको खोजीमा रहनेछ । 

    कुवेत भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग २ वटा मैत्रपूर्ण फुटबल खेल्नेछ । दोस्रो खेल सोमबार हुनेछ । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले कुवेतसँगै २ वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कालिनले टोली सम्हालेपछि नेपाली टोलीको यो पहिलो विदेश भ्रमण हो ।   

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्