मोतीपुर औद्योगिक क्षेत्रको काम ठप्प

- अमृता अनमोल, रुपन्देही

    चैत्र ७, २०७५

    रुपन्देहीको मोतीपुर औद्यागिक क्षेत्रको काम अहिले ठप्प भएको छ । सरकारले प्रदेश नम्वर ५ स्तरीय औद्योगिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययन गरी बजेट विनियोजन गरिसकेको छ । औद्योगिक क्षेत्रमा गत असोजमा परियोजना कार्यालय खोलिएको थियो ।

    परियोजना कार्यालयमा इन्जिनियर सहितका कर्मचारी खटाइएको छ । तर अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन सार्वजनिक गरेको छैन । परामर्शदाताले तयार पारेको प्रतिवेदन अहिले वन तथा वातावरण मन्त्रालयमा प्रक्रियामा छ ।

    वातावरणीय प्रभाव मूल्याङ्कन विना काम गर्न नसकिने भएपछि  कार्यालयका कर्मचारीहरु काम बिहीन भएका छन् । मोतीपुर औद्योगिक क्षेत्र परियोजनाका प्रमुख तथा इन्जिनियर अशोक पौडेलले वातावरणीय प्रभाव मूल्याङ्कन विना काम अगाडि बढाउन नसकिने भएकाले आफूहरु बेकामे भएको बताउनुभयो ।  

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्