सरकार ठूला दलको मागलाई बेवास्ता गर्छ, सानालाई काखी च्याप्छ : राजनीतिक विश्लेषक तुलानारायण साह

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    चैत्र ७, २०७५

    सरकार ठूला दलको मागलाई बेवास्ता गर्छ, सानालाई काखी च्याप्छ : राजनीतिक विश्लेषक तुलानारायण साह

    The Headliners | Journalist Tejendra Kafle | 20 March 2019

    सरकारले सीके राउत समुहसँग ११ बुँदे सहमति गरेको २ साता पुगेको छ । यो बीचमा बिशेष गरेर प्रदेश २ को राजनीतिक वातावरण यू–टर्न भएको छ । सहमतिबारे बिभिन्न शंकाउपशंका गरिएपनि राउतले स्वतन्त्र मधेश गठबन्धन विघटन गर्दै जनमत पार्टी गठन गर्नुभएको छ र दल दर्ता प्रक्रिया तत्काल सुरु गर्ने बताउनुभएको छ । राज्य बिखण्डनको मुद्दा बोकेको दलसँग सहमति र संसदीय प्रणाली परिवर्तनको माग सहित हत्याहिंसामा उत्रिएको नेत्रविक्रम चन्द समुहको गतिविधिमाथि प्रतिवन्ध लगाउने सरकारी निर्णयलाई लिएर संसद मात्र हैन सडकमा समेत बिरोधका आवाजहरु सुनिए । 

    सीके राउत राजनीतिको मुलधारमा आउनु र अधिकारको नाममा विभिन्न संगठन खोलेर हत्याहिंसा सम्मको आतंक मच्चाउदै आएका भूमिगत समुहको गतिविधि पनि शुन्य प्रायः हुनुले तराई अब सम्बृद्धिको बाटोमा अग्रसर भएको बुझ्नेहरु पनि कम छैनन् । बेलाबेला देखिने केन्द्र र प्रदेश २ सरकारबीचको खटपटले भने सम्बृद्धिको सहकार्यमा दरार ल्याएको पाईन्छ । बिहीबारको द हेडलाईनर्समा हामीले राजनीतिक विश्लेषक तुलानारायण साहसँग मधेशको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी गरेका छौं ।

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्