न्यूजिल्याण्डमा अर्धस्वचालित हतियार प्रयोगमा पूर्ण प्रतिबन्ध

बीबीसी

    चैत्र ७, २०७५

    न्यूजिल्याण्डले सबै प्रकारका अर्धस्वचालित हतियार तथा राईफलको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । ५० जनाको ज्यान जाने गरी क्राईष्टचर्चस्थित २ वटा मस्जिदमा गत शुक्रबार भएको आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री जसिन्डा आर्देनले हतियार सम्बन्धी कानून संशोधन गर्दै प्रतिवन्ध लगाउन तयारी भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

    त्यस्ता हतियार सम्बन्धी पार्टपूर्जा तथा उच्च क्षमताका म्यागजिनमाथि समेत प्रतिबन्ध लगाउने तयारी त्यहाँको सरकारले गरेको छ । त्यसका लागि सुरुमा हतिायर बुझाउन आग्रह गरिने प्रधानमन्त्री आर्देनको भनाई छ ।

    कानूनमा आवश्यक संशोधनपछि आगामी अप्रिल ११ गतेदेखि लागू गरिने प्रधानमन्त्री आर्देनले बताउनुभयो । अब इतिहास सधैका लागि परिवर्तन भइसकेको भन्दै उहाँले कानून पनि चाँडै नै परिवर्तन गरिने उल्लेख गर्नुभयो । 

    यसैबीच, सबै मृतकको पहिचान भइसकेको प्रहरीले पुष्टी गरेको छ । आक्रमणमा संलग्न एक अष्ट्रेलियाली आक्रमणकारीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाईएको छ । ती व्यक्ति आप्रवासीविरुद्ध हिंसात्सक गतिविधि सञ्चालन गर्ने अतिवादी रहेको पाईएको बीबीसीले उल्लेख गरेको छ ।

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्