निकारागुवाले विपक्षी दलका बन्दीहरुलाई ९० दिनभित्र रिहा गर्ने

बीबीसी

    चैत्र ७, २०७५

    मध्य अमेरिकी मुलुक निकारागुवाले शान्ति प्रक्रियाका लागि भन्दै सम्पूर्ण विपक्षी दलका बन्दीहरुलाई ९० दिनभित्र रिहा गर्ने भएको छ । बन्दीहरु रिहा गर्ने लगायत ६ बुँदे सम्झौता सरकार र विपक्षी दलबीच भएको त्यहाँको राष्ट्रपत कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

    साथै, सरकारले सम्झौता कार्यान्वयनमा अन्तर्राष्ट्रिय सहयोगको समेत अपेक्षा राखेको विज्ञप्तिमा उल्लेख छ । गत अप्रिल महिनादेखि सुरु सरकारविरोधी र्यालीका क्रममा सरकारले बन्दी बनाएका ७ सय भन्दा बढी विपक्षी दलका व्यक्तिहरुलाई रिहा गर्न सहमत भएको मध्यस्थकर्तालाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    शान्ति चाहेको भन्दै त्यहाँको सरकारले अमेरिका र यूरोपेली यूनियनले आफूमाथि लगाएका प्रतिबन्ध समेत फुकुवा गर्न समेत माग गरेको छ । यसै साता सुरु हुने शान्ति वार्ता रेड क्रसको निगरानीमा हुने विपक्षी नेताहरुको भनाई छ ।

    प्रकाशित:चैत्र ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्