रित्तियो खाद्य गोदाम 

- राजबहादुर शाही, मुगु

    चैत्र ८, २०७५

    मुगु सदरमुकाम गमगढीस्थित नेपाल खाद्य संस्थानको गोदाम रित्तिएको छ । सडक अवरुद्ध भएका कारण सुर्खेत, नेपालगञ्ज र बर्दिया राजापुरबाट सरकारी अनुदानको चामल ढुवानी नभएपछि गोदाम खाली भएको हो ।

    खाद्य संस्थानको गोदाम रित्तिए पछि उपभोक्ता चिन्तित भएका छन् । संस्थान चामल नहु“दा गमगढी बजार क्षेत्रको मह“गो चामल खरिद गर्न स्थानीय बाध्य छन् । निमित्त खाद्य शाखा प्रमुख पुष्कर भामले सडक अवरुद्ध भएका कारण खाद्य वस्तु आपूर्ति नभएको जानकारी दिंदै केही दिन भित्र चामल आइपुग्ने बताउनुभयो ।

    खाद्य वस्तुको सस्तो र गुणस्तरयुक्त चामल उपभोग गरी बानी बसेका स्थानीय कहिले चामल आउला भनेर प्रतिक्षा गर्न थालेका छन् । 

    चालू आर्थिक वर्षमा कुल खाद्यन्न कोटा १० हजार क्वीन्टल मध्ये ५ हजार ६ सय क्वीन्टल ढुवानी भई सकेको संस्थानले जनाएको छ । यस्तै, ४ हजार ४ सय क्वीन्टल आउन बाँकी रहेको खाद्य संस्थानले जनाएको छ । 

    प्रकाशित:चैत्र ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्