भृकुटीमण्डपमा २२ औं फ्लोरा एक्स्पो सुरु हुँदै

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ८, २०७५

    पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रबद्र्धन तथा विस्तार गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटी मण्डपमा आज २२ औं फ्लोरा एक्स्पो सुरु हुँदैछ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुने पुष्प प्रर्दशनी आइतबारसम्म चल्नेछ ।

    हाल ४३ जिल्लामा ६ सय ९७ पुष्प व्यवसाय विस्तार भईसकेको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । करीब १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय फैलिएको तथा ४३ हजार ५ सय भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसमा आश्रित रहेको एशोसिएसनले जनाएको छ ।

    पुष्प प्रर्दशनीमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउ बिजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

    प्रर्दशनीमा विभिन्न ८४ वटा स्टल रहनेछन् । पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

    प्रकाशित:चैत्र ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्