चीनको एक केमिकल प्लान्टमा विष्फोट हुँदा ४४ जनाको मृत्यु

बीबीसी
  • ९० जना घाईते

चैत्र ८, २०७५

चीनको यानचेनस्थित तियानजीयाई केमिकल प्लान्टमा विष्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । ९० जना घाईते छन् । मल बनाउने सो प्लान्टमा स्थानीय समयानुसार बिहान ३ बजे शक्तिशाली विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

विष्फोटपछि २ दशमलव २ म्याग्निच्युटको कम्पन महसुस भएको चीनको भूकम्प मापन विभागले जनाएको छ । विष्फोटको धक्का ३ किलोमिटर टाढासम्म महसुस भएको स्थानीयको भनाई छ । सो क्षेत्रमा अहिले स्थानीय प्रहरी र अग्नि नियन्त्रकको सहायतामा आगो निभाउने काम भईरहेको छ ।

सुरक्षाका उपाय नअपनाउँदा चीनमा औद्योगिक, खानी लगायत क्षेत्रमा हरेक वर्ष यस्ता दुर्घटनामा वृद्धि भईरहेका छन् । फिलतो सुरक्षा व्यवस्थाका कारण तीयानजीनकै तटीय क्षेत्रमा सन् २०१५ मा विष्फोट हुँदा १ सय ५० भन्दा बढीले ज्यान गुमाउनुपरेको थियो ।  

प्रकाशित:चैत्र ८, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्