चीन : केमिकल प्लान्टमा विष्फोट हुँदा मृत्यु भएकाको संख्या ४७ पुग्यो

    चैत्र ८, २०७५

    - चीनको यानचेनस्थित तियानजीयाई केमिकल प्लान्टमा विष्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ । ६ सय ४० जना घाईतेमध्ये ३२ को अवस्था गम्भीर छ ५८ जनालाई गम्भीर चोट लागेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको चिनियाँ समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    मल बनाउने सो प्लान्टमा स्थानीय समयानुसार बिहान २ बजेर ५० मिनेट जाँदा शक्तिशाली विष्फोट २ दशमलव २ म्याग्निच्युटको कम्पन महसुस भएको त्यहाँको भूकम्पमापन विभागले जनाएको छ । विष्फोटले आसपासका संरचनामा क्षति पुगेको र कम्पन ३ किलोमिटर टाढासम्म महसुस भएको स्थानीयको भनाई छ । सो क्षेत्रमा अहिले स्थानीय प्रहरी र अग्नि नियन्त्रकको सहायतामा आगो निभाउने काम भईरहेको छ ।

    सुरक्षाका उपाय नअपनाउँदा चीनमा औद्योगिक, खानी लगायत क्षेत्रमा हरेक बर्ष यस्ता दुर्घटनामा वृद्धि भईरहेका छन् । फिलतो सुरक्षा व्यवस्थाका कारण यसअघि तीयानजीनकै  तटीय क्षेत्रमा सन् २०१५ मा भएको विष्फोटमा १ सय ५० जना भन्दा बढीले ज्यान गुमाएका थिए । 

    प्रकाशित:चैत्र ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्