प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा उच्च गिरावट

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ८, २०७५

    - चालु आर्थिक बर्षको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी एफडीआईको प्रतिवद्धतामा उच्च गिरावट आएको छ । लगानी सम्मेलनको तयारीमा सरकार लागिरहँदा फागुनसम्म प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भने करिब ६८ प्रतिशतले घटेको हो । चालु आर्थिक बर्षको फागुनसम्म २ सय २४ उद्योगका लागि ११ अर्ब २५ करोड रुपैयाँको मात्र विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २३ अर्ब ६६ करोड रुपैयाँले कम हो ।

    गत बर्षको फागुनसम्म १ सय ९४ उद्योगका लागि ३४ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो । फागुनमा मात्र १४ उद्योगका लागि २० करोड ७० लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृति भएको छ ।

    यस्तै  माघमा १७ उद्योगका लागि ८१ करोड र पुषमा २२ वटा उद्योगका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको विभागको तथ्याङक छ । उद्योगका संख्या बढी देखिए पनि गुणस्तरीय विदेशी लगानी नआउदा लगानी भने घटेको विभागले जनाएको छ । 

    प्रकाशित:चैत्र ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्