उत्तर कोरिया दक्षिण कोरियासँगको सीमामा रहेको सम्पर्क कार्यालयबाट अलग हुने

- रेडियो कान्तिपुर,

    चैत्र ८, २०७५

    - उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा रहेको सम्पर्क कार्यालयबाट अलग हुने निर्णय गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे ईनको अग्रसरतामा दुई देशबीचको उत्तरी सिमा क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

    अमेरिकासँग भियतनाममा भएको वार्ता असफल भएपछि उत्तरले पछिल्ला दिनमा शंकास्पद कार्य गरिरहेको छ । दक्षिण कोरियाका कोरियाली मामिला मन्त्री चुन हेय संगले उच्चस्तरीय आदेशका आधारमा सम्पर्क कार्यालयबाट बाहिरिने जवाफ उत्तर कोरियाली अधिकारीले दिएको बताउनुभयो । दुई देशका प्रमुख नेताबीच गत वर्ष भएको वार्ता पछि सम्पर्क बिस्तारका लागि शत्रुता अन्त्यका लागी सम्पर्क कार्यालय स्थापना गरिएको थियो । 

    प्रकाशित:चैत्र ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्