राजपा र फोरमबीच एकता प्रक्रिया तीब्र

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ९, २०७५

    राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरमले एकता प्रक्रियालाई तीब्र बनाएका छन् । दुबै पार्टीले एकीकरणका लागि वार्ता समिति पनि गठन गरिसकेका छन् । राजपाले अघि सारेको सरकारबाट फिर्ता हुनुपर्ने शर्तलाई फोरमले सकारात्मक रुपमा लिएको जनाएको छ ।

    उसले एकीकरणपछि प्रक्रियागत रुपमा सरकार छाड्ने जनाएको छ । दुबै पार्टीले थप छलफल गरेर अघि बढ्ने सहमति भएको राजपाका महासचिव केशव झाले बताउनुभयो ।

    यसैबीच, राजपाले एकीकरणको प्रक्रिया अगाडि बढाउन अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको नेतृत्वमा ५ सदस्यीय वार्ता कमिटी गठन गरीसकेको जनाएको छ । पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने समूहलाई एकता र सहकार्यका लागि राजपाले आह्वान गर्दै आएको छ ।  

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्