एन्फाको साधारण सभा विराटनगरमा बस्दै 

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ९, २०७५

    अखिल नेपाल फुटबल संघ एन्फाको साधारणसभा विराटनगरमा आज बस्दैछ । एन्फाको  विधान संसोधन र आर्थिक प्रतिवेदन तथा बजेट स्वीकृतीको मुख्य लक्ष्यसहित साधारण सभा गर्न लागिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । विराटनगरमा बिहान ११ बजे सुरु हुने सभा विभिन्न २० एजेण्डामा छलफल गरी आजै सकिनेछ । 

    बैठकमा अध्यक्ष कर्माछिरिङ शेर्पाले वर्षभरी गरेका काम तथा गतिविधि समेटेर तयार पारिएको वार्षिक प्रतिवेदन पेश गर्ने र पारितको प्रक्रिया पनि अघि बढ्ने उहाँले बताउनुभयो । शेर्पाले युवा, महिला र क्लब स्तरीय प्रतियोगितालाई विशेष जोड दिँदै आफ्नो वार्षिक प्रतिवेदन तयार पार्नुभएको छ ।

    गत बैसाखमा निर्वाचन भएर एन्फामा नयाँ नेतृत्व आएपछिको यो पहिलो नियमित साधारणसभा हुन लागेको हो । यसअघि गत साउनमा चितवनमा एन्फाको विशेष साधारणसभा सम्पन्न भएको थियो । 

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्