माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिरभित्र सम्पन्न हुने मन्त्री पुनको दाबी

- रेडियो कान्तिपुर, दोलाखा

    चैत्र ९, २०७५

    - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले दोलाखास्थित ४ सय ५६ मेगागट माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिरभित्र निर्माण सम्पन्न भईसक्ने दावी गर्नुभएको छ । विगु गाउँपालिकास्थित लामाबगरमा निर्माणाधीन आयोजना तोकिएकै समयमै सकिने मन्त्री पुनले दावी गर्नुभएको हो ।

    मन्त्री पुनले भन्नुभयो, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउन मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु ।  मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको आफूले पहल गरिरहेको बताउनुभयो।  

    यसअघि आयोजनामा समस्या देखिएपछि उहांले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसँग छलफल गरेर आयोजना तोकिएको समयमै सक्न निर्देशन दिनुभएको थियो । मुलुकको विद्युत आपूर्तिका लागि महत्वपुर्ण मानिएको सो आयोजनामा ९७ प्रतिशत काम सकिएको छ 

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्