राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेप सम्बन्धमा तयार अनुसन्धान प्रतिवेदन पेश

- रेडियो कान्तिपुर,

    चैत्र ९, २०७५

    - अमेरिकामा सन् २०१६ मा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलर नेतृत्वको टोलीले न्याय विभागमा आफ्नो प्रतिवेदन पेश गरेको छ । विशेष काउन्सिल मुलर नेतृत्वको टोलीले २२ महिना लगाएर अनुसन्धान गरेर सो प्रतिवेदन तयार पारेको थियो ।

    महान्यायाधिवक्ता विलियम बारलाई बुझाएको प्रतिवेदनलाई महान्यायाधिवक्ता विलियमले विश्लेषण गरी त्यसबाट प्राप्त सारांशलाई संसदमा पेश गर्ने लगायतका आगामी रणनीति तय गर्ने जनाइएको छ ।  सो प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलगाइएको न्याय विभागका अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

    यसअघि नै राष्ट्रपति ट्रम्पका ६ पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीलाई यसै मामिलामा आरोप लगाइएको थियो । राष्ट्रपतीय चुनावमा रुसी हरुतक्षेप तथा राष्ट्रपति ट्रम्पको चुनावी अभियानका बीचमा रुससँगको साँठगाँठ लगायतका आरोपमा छानबिन भइरहेको थियो ।  

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्