आइएसबाट सिरिया मुक्त भएको अमेरिकी गठबन्धन सेनाको दाबी

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ९, २०७५

    - इस्लामिक अतिवादी समुह आइएसबाट सिरिया मुक्त भएको अमेरिकी गठबन्धन सेनाले दाबी  गरेको छ । आइएसको अन्तिम पकड क्षेत्रमाथि समेत सरकारले नियन्त्रण कायम गरेको गठवन्धन सेनाले दाबी गरेको हो ।

    आइएसले कुनै समय सिरिया र इराकका ८८ हजार बर्ग किलोमिटर क्षेत्रमा आफ्नो नियन्त्रणमा राखेको थियो । सो क्षेत्रबाट इस्लामिक स्टेटलाई परास्त गरिएको गठबन्धन सेनाले दाबी गरेपनि मध्यपूर्वमा भने उनिहरुको पकड कायमै रहेको बीबीसीले उल्लेख गरेको छ । गठवन्धन सेनाले गतमार्चदेखि अतिवादी समुह विरुद्धको कारवाही तीव्र पारेको थियो ।

    सन् २००३ मा इराकमाथि अमेरिकाले कारवाही सुरु गरेदेिख सो क्षेत्र अस्थिर बनेको छ । सन् २०११ सिरियाली राष्ट्रपति बशर अल असदविरुद्ध सुरु भएको आन्दोलन पछि आइएसले सिरियामा आफ्नो क्रियाकलाप तीव्र पारेको थियो । सिरियालाई आईएस मुक्त बनाइएपनि उसका २० हजार सशस्त्र लडाकु अझै क्रियाशिल रहेकाले खतरा भने कायमै रहेको बीबीसीले जनाएको छ । 

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्