न्युजिल्याण्ड : एल नुर मस्जिद सर्वसाधारणका लागि खुला

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ९, २०७५

    - न्युजिल्याण्डको क्राईष्ट चर्चमा गत साता आत्रमण भएको एल नुर मस्जिद आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । १५ मार्चमा भएको गोलीबारीमा परी ५० जनाको मृत्यु भएको थियो । आक्रमणपछि अनुसन्धानका लागि सिलबन्दी गरिएको मस्जिद खुलेपछि ३ हजार भन्दा बढी सर्वसाधारणले मृतकको सम्झनामा सो क्षेत्रमा एक र्‍यालीको आयोजना गरेका थिए ।

    कुनै पनि समुदायमाथिको नकारात्मक सोचले अशान्ती निम्त्याउने सन्देश दिन र्‍यालीको आयोजना गरिएको बीबीसीले ऊल्लेख गरेको छ । सो मस्जिदमा आक्रमणका त्रममा भित्तामा गोली लाग्दा भएका प्वालहरु टाल्दै प्रार्थना गरिएको थियो ।

    आक्रमणको घटनापछि न्युजिल्याण्डमा अर्ध स्वचालिक हतियार माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधारणलाई अनुमति सहितका हतियार स्वतस्फुर्त बुझाउन सरकारले अपिल गरेको छ । सो हतियार सरकारले सर्वसाधारण सँग केही रकम मुआब्जा दिएर खरिद गर्नै हतियार बुझाउने कार्यलाई प्रोत्साहन गरेको छ 

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्