एन्फाको साधारणसभा विराटनगरमा जारी

- रेडियो कान्तिपुर, विराटनगर

    चैत्र ९, २०७५

    - अखिल नेपाल फुटबल संघ एन्फाको साधारणसभा विराटनगरमा जारी छ । साधारण सभाले संघको विधान संसोधन, आर्थिक प्रतिवेदन, बजेट स्वीकृत  लगायतका निर्णय गर्ने  एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । साधारण सभामा विभिन्न २० एजेण्डामा छलफल भइरहेको छ  ।

    बैठकमा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा गतिविधिको वार्षिक प्रतिवेदन पेश गर्ने गर्दै हुनुहुन्छ । गत वैशाखमा निर्वाचन भएर संघमा नयाँ नेतृत्व आएपछि पहिलो पटक साधारणसभा आयोजना गरिएको हो । यसअघि गत साउनमा चितवनमा एन्फाको विशेष साधारणसभा सम्पन्न भएको थियो ।

     

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्