संकटा क्लव काभ्रे गोल्डकपको क्वाटरफाइनलमा

- नगेन्द्र अधिकारी, काभ्रे

    चैत्र ९, २०७५

    - विदेशी खेलाडी एक्ने क्रिष्टियनको २ गोलको योगदानमा संकटा क्लव काभ्रे गोल्डकपको क्वाटरफाइनलमा  प्रवेश गरेको छ । शनिवारको प्रतिस्पर्धामा भक्तपुर जिल्ला फुटबल संघको तर्फबाट कुनै गोल नफर्किएपछि संकटाको क्वार्टरफाइनल यात्रा तय भएको हो ।

    क्रिष्टियनले खेलको ३५ औं तथा दोस्रो हाफको १८ औं मिनेटमा गोल गरेका थिए । उनी नै म्यान अफ द म्याच घोषित भए । यसअघिका २ प्रतिस्पर्धाबाट समुह कबाट काभ्रे जिल्ला फुटबल संघ र समुह ख जाउलाखेल युथ कलव सेमिफाइनलमा पुगेका हुन् । ए डिभिजनको फ्रेण्ड्स क्लवलाई टाइब्रेरमा ३–० ले हराउँदै काभ्रे जिल्ला फुटवल संघ र सिन्धुपाल्चोक जिल्ला फुटवल संघलाई ४–१ ले हराउँदै जाउलाखेल युथ क्लव सिधै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

    १० टिमको सहभागिता रहेको नकआउट प्रतियोगितामा नेपाल आर्मी र प्ले फर अत्तरिया स्पोर्टसले बाई पाएका थिए ।  संकटाले अब प्ले फर अत्तरियासंग क्वार्टरफाइनल खेल्नेछ । आइतबार विभागीय टोली एफिएफ र दोलखा जिल्ला फुटवल संघ विच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजयी टिमले आर्मीसंग क्वार्टरफाइनल खेल्नेछ । 

    जिल्लामा पहिलो पटक ए डिभिजन क्लवसमेतको सहभागितामा शुरु भएको प्रतियोगितामा विभागीय टिम आर्मी, एपिएफ, संकटा, जावलाखेल, फ्रेण्ड्ससहित प्ले अफ अत्तरिया र काभ्रे, भक्तपुर, दोलखा र सिन्धुपाल्चोक जिल्ला फुटबल संघ १० टिमको सहभागिता छ । विजेता टिमले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउनेछन् । 

     

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्