पानी जहाज सञ्चालनका लागि कानून संशोधनको आवश्यकता

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं

    चैत्र ९, २०७५

    - नेपाल पानी जहाज कार्यलयले मुलुकमा जल परिवहन (पानी जहाज) सञ्चालनका लागि मौजुदा कानूनमा संशोधनको आवश्यकता औँल्याएको छ । जल परिवहन सञ्चालनका लागि ४ दशक अघिकै  ऐन कायम रहेको भन्दै कार्यलयले यो वीचमा अन्तर्राष्ट्रिय मापदण्डमा व्यापक हेरफेर भईसकेको बताएको हो । समय सान्दर्भिक ऐन कानून निर्माण र संशोधनको आवश्यकता रहेको कार्यलयका रजिष्टार ऋषिराज कोइरालाले बताउनुभयो ।

    कतिपय कानूनहरु निर्माण गर्नुपर्ने र भएका कानूनमा पनि संशोधन नगरी काम अघि बढाउन कठिन हुने देखिएपछि कार्यलयले आवश्यक पहल सुरु गरिसकेको कोइरालाले जानकारी दिनुभयो ।  

    जल परिबहन सञ्चालनका सम्बन्धमा भारत लगायत मुलुकसँग सहकार्य र आवश्यक छलफल जारी रहेको समेत उहा“को भनाई छ । यसअघि विभिन्न विज्ञ सम्मिलित सम्भाव्यता समितिले नारायणी र कोशी नदीमा जल परिवहन सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन समेत गरेको थियो । 

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्