फुटबल विकासका लागि २३ करोड ७४ लाख विनियोजन

- रेडियो कान्तिपुर,

    चैत्र ९, २०७५

    - अखिल नेपाल फुटबल संघ एन्फाले आगामी आर्थिक वर्षको फुटबल विकासका लागि २३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सघंका कोषाध्यक्ष रबिन्द्र जोशीद्वारा गत आर्थिक वर्षको २०७४/७५ को आर्थिक प्रतिवेदन समेत सर्वसम्मतिले गर्दै आगामी वर्षको लागि अनुमानित बजेत छुट्टाएको हो ।

    यस्तै एन्फाले साफ वुमन च्याम्पियनसिपमा सहभागी खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने निर्णय समेत गरको छ । उपविजेता नेपाली टोलीलाई प्रदेश १ सरकारले जनही १ लाख तथा विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँ समेत प्रदान गर्ने निर्णय पनि गरेको थियो ।

     साधारणसभामा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल खेलको विकासका लागि भएका कार्यहरुको वार्षिक प्रगति विवरण पेश गरेका थिए । एन्फा प्रबक्ता किरण राईले साधारण सभाले एन्फा विधानको धारा २४ को उपधारा ५ मा रहेको पुरानै प्रावधानलाई अनुमोदन गरेको जानकारी दिए

    । केन्द्रीय पदाधिकारीहरु जिल्लावाट मताधिकार सहित साधारण सभामा जाँदा केन्द्रीय प्रतिनिधिवाट राजीनामा गर्नुपर्ने पुरानो प्रावधान थियो । राईले भने एन्फाले राजीनामा गर्नु नपर्ने मस्यौला तयार गरेको थियो । तर फिफाले पुरानै प्रावधानलाई यथावत राख्न निर्देशन दिएपछि त्यसलाई सभाले अनुमोदन गरेको हो । यस्तै खोटाङ, नवलपुर र मनाङ जिल्ल्ँमा गठन हुन बाँकी ३ जिल्ल्ाँमा फुटबल संघ गठन गर्ने निणर्य समेत गरेको छ । 

     

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्