मुलुक तीव्र विकासको गतिमा अघि बढीसकेको छ : प्रधानमन्त्री ओली

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र ९, २०७५

    - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताउनुभएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालको गीती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान सभाबाट संविधान जारी भएसँगै मुलुक विकासको गतिमा अघि बढेको बताउनुभएको हो ।

    देशमा संघीय गणतन्त्र आउनु, संविधान सभाबाट संविधान जारी हुनु, जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।” सरकारले अमुर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने पनि ओलीले उल्लेख गर्नुभयो ।

    औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास नगर्ने भन्दै उहाँले हरेक व्यक्तिले महसुष गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहेको बताउनुभयो । पार्टीको अध्यक्ष र प्रधानमन्त्री समेत भईसकेका नेता खनालको सृजनशीलताको प्रधानमन्त्री ओलीले प्रशंसा समेत गर्नुभयो । 

    प्रकाशित:चैत्र ९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्