पुष्प मेलामा ४१ लाख रुपैयाँ बराबरको कारोबार

- रेडियो कान्तिपुर, काठमाडौं

    चैत्र १०, २०७५

    काठमाडौंको भृकुटीमण्डपमा जारी २२ औं पुष्प मेलामा हिजोसम्म ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार सुरु मेलामा पहिलो १६ लाख र दोस्रो दिन हिजो २५ लाख गरी ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ ।

    आजसम्म चल्ने मेलामा ६० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य रहेको एसोसिएसनका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।

    एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउ बिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, सूक्ष्म तथा थोपा सिंचाई प्रविधि, आधुनिक खेती प्रविधि, र जैविक विषादी प्रदशनी तथा बिक्रीका लागि राखिएका छन् ।

    पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रबद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ । ४ सय ५० जातका फूलहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएको मेलामा ८४ वटा स्टल राखिएका छन् । 

    प्रकाशित:चैत्र १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्